राष्ट्रिय सभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राष्ट्रिय सभाको गरिमा बढाउन लाग्छु : नवनिर्वाचित अध्यक्ष दाहाल 


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय सभाका नवनिर्वाचित अध्यक्ष नारायण प्रसाद दाहालले उक्त सभाको गरिमा र महत्त्व बढाउन आफूले पहल गर्ने बताएका छन्।

राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित भएपछि बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले यस संस्था अत्यावश्यक संस्था हो भन्ने मान्यता स्थापित गर्न भूमिका खेल्ने बताए । 

“राष्ट्रिय सभाले गर्नुपर्ने सबै दायित्व र भूमिकालाई पूरा गराउन म सबै दलसँग आबद्ध सदस्यलाई एकताबद्ध बनाएर लैजान प्रतिबद्ध छु । त्यसमा सफल हुन्छु भन्नेमा मलाई आत्मविश्वास पनि छ’’, अध्यक्ष दाहालले भने, “म त्यहीअनुसार अगाडि बढ्छु ।” 

संविधानमा उल्लेख भएअनुसार राष्ट्रिय सभाले निर्वाह गर्नुपर्ने भूमिका तथा कार्यपालिकासँग जोडिएर आउने भूमिकालाई स्थापित गर्नेतर्फ आफूले काम गर्ने उनको भनाइ थियो ।  

राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र पर्ने हरेक कामलाई गम्भीरताका साथ लिएर आफू अगाडि बढ्ने बताउँदै उहाँले कानुन निर्माण या अन्य सवालमा सभाको गरिमा बढाउनेतर्फ आफू लाग्ने उनको भनाइ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस