एमाले बैतडीको जिल्ला कमिटी अध्यक्षमा नरेश विक « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

एमाले बैतडीको जिल्ला कमिटी अध्यक्षमा नरेश विक


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमाले बैतडी जिल्ला पार्टीको पुरै पदाधिकारी सर्वसम्मत चयन गरेको छ । जिल्लाको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार बिकसहित सम्पूर्ण पदाधिकारी सर्वसम्मत चयन गरिएको हो ।

पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप-सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् । पदाधिकारीको टिम सर्वसम्मत चयन भए पनि सदस्यमा बढी आकाङ्क्षी भएकाले छलफल जारी रहेको एमाले बैतडीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस