बागमती प्रदेश सभा बैठक बस्दै « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बागमती प्रदेश सभा बैठक बस्दै


२९ फाल्गुन २०८०, मंगलबार


मनहरी (मकवानपुर) । बागमती प्रदेश सभा बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।  बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेश’सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए । 

यही फागुन १० गते बसेको प्रदेशसभा बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरूबीचको बजेट विनियोजन सम्बन्धको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्य र २०८०/८१ को बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समिति गठन गरेको थियो ।

एघार सदस्यीय सो समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्ष दलबीचको सहमतिलगायतका विषयमा अध्ययन तथा परामर्श गरी आजको बैठकमा प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो । बैठकअघि दिउँसो १ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्नेछ । सो बैठकले प्रदेशसभाको अन्य कार्यसूची तयार पार्ने प्रदेशसभा सचिवालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस