साहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

साहित्यकार लामाको ‘स्मृतिका बिम्बहरू’ विमोचन


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । साहित्यकार राम लामा ‘अविनाशी’द्वारा लिखित नियात्रासङ्ग्रह ‘स्मृतिका बिम्बहरू’ विमोचन गरिएको छ ।
लामो  समयदेखि प्रवासमा रहेर नेपाली साहित्य क्षेत्रको विकासमा क्रियाशील अविनाशीद्वारा लिखित उक्त कृतिको आज आयोजित एक कार्यक्रममा प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेलले विमोचन गरेका हुन् ।

यसअघि ‘पिल्सिएको परदेशी मन’ र ‘सुगन्धित माटो’ कृति लेखिसकेका साहित्यकार अविनाशीको आज विमोचन गरिएको नियात्रासङ्ग्रह तेस्रो कृति हो ।

उक्त कृतिमा विभिन्न देशका विभिन्न व्यक्ति र घटनाहरूसँग सम्बद्ध रोचक संस्मरण सङ्ग्रहित छन् । साहित्यकार लामाका मेरो बदनाम गर्न खोज्यौ, चङ्गा सरी, काठमाडौँ सहर, म तिम्रो परदेशी, आफ्नो बन्न नसकेको, बिरक्तिँदा खानी खोस्री, आफू गयौँ नेटो काटी, सिक्किमेली नानी, बारुले कम्मर, मिलिजुली, क्यार्यौ कुन्नि जस्ता आधुनिक गीतहरू श्रव्यदृश्य प्रकाशित भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस