म अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन : नारायण दाहाल « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

म अध्यक्ष निर्वाचित भए पार्टीको ह्याङओभर हुँदैन : नारायण दाहाल


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार नारायण प्रसाद दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरभन्दा माथि उठेर सभा सञ्चालन गर्ने बताएका छन्। उनी सत्तारूढ गठबन्धनका साँझा उम्मेदवार हुन् ।

सोमबार राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने बताएका हुन्।

उनले आफू राष्ट्रपतिबाट मनोनीत सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रूपमा नरहेको उल्लेख गर्दै कानुनअनुरूप चल्नुपर्ने कुरामा मानसिक रूपमा तयार भएको बताए।

उनले राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरूपको स्तरमा पुर्‍याउन आफ्नो भूमिका हुने बताए। उनले समृद्ध नेपाल निर्माणका लागि सबै राजनीतिक दलहरूलाई एकताबद्ध बनाएर लैजाने पनि बताए।

Tags :
प्रतिक्रिया दिनुहोस