क्यान्सरका बिरामीलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट दिने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

क्यान्सरका बिरामीलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट दिने


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । क्यान्सरका बिरामीहरूलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ।

उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट) विराटनगर जानुपर्ने क्यान्सरका बिरामीहरूलाई सो सेवा दिन लागेको हो ।

यती एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको यती एयरलाइन्सले जनाएको छ ।

निःशुल्क टिकट लिनका लागि बिरामीले आवश्यक कागजात सहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नु पर्नेछ। अस्पतालका विशेषज्ञ चिकित्सकहरूले कागजातहरूका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्र/परिचयपत्र उपलब्ध गराउने र उपचारका लागि आउनु पूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्स्टिच्युटले जनाएको छ ।

त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इन गर्दा यती एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेस गर्नुपर्ने एयरलाइन्सले जानकारी दिएको छ।

नेपालभरिकै क्यान्सर बिरामीहरूलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबिच फाल्गुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस