पर्यटन प्रवर्द्धनमा सक्रिय हुन प्रवर्द्धकलाई पर्यटनमन्त्री तामाङको निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पर्यटन प्रवर्द्धनमा सक्रिय हुन प्रवर्द्धकलाई पर्यटनमन्त्री तामाङको निर्देशन


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले मुलुकको हित र पर्यटन प्रवर्द्धनका निम्ति सक्रियरुपमा काम गर्न पर्यटन प्रवर्द्धकलाई निर्देशन दिएका छन् । 

नवनियुक्त पर्यटन प्रवर्द्धकलाई आइतबार मन्त्रालयमा नियुक्तिपत्र, परिचयपत्र र राष्ट्रिय झन्डा हस्तान्तरण गर्दै मन्त्री तामाङले पर्यटन प्रवर्द्धनका साथै विदेशबाट बढी भन्दाबढी लगानी भित्र्याउने कार्यमा भूमिका खेल्न आग्रह गरेका छन् ।

मुलुकको पर्यटन प्रवर्द्धनका निम्ति प्रवर्द्धकको महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहेको उल्लेख गर्दै उनले देश र जनताको पक्षमा काम गर्न आग्रह गरे ।

यही फागुन १३ गतेको मन्त्रिस्तरको निर्णयबाट विभिन्न मुलुकमा नेपालको पर्यटन प्रवर्द्धन गर्न २९ प्रवर्द्धक नियुक्त गरेको थियो ।

सम्बन्धित समाचार : पर्यटन मन्त्रालयले गर्‍यो २९ जना पर्यटन प्रवर्द्धक नियुक्त 

Tags :
प्रतिक्रिया दिनुहोस