डट एनपी डोमेन सरकार मातहत ल्याउन प्रस्ताव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डट एनपी डोमेन सरकार मातहत ल्याउन प्रस्ताव


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । सरकारले डट एनपी दर्ता गर्न शुल्क लिन प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राय सुझावका लागि सार्वजनिक गरेको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयक‘को मस्यौदामा डट एनपी डोमेनलाई सरकार मातहत ल्याउन प्रस्ताव गरेको हो ।

हाल डट एनपीको व्यवस्थापन निजी कम्पनी मर्कन्टाइल कम्युनिकेसन्सले गरिरहेको छ । विधेयकको मस्यौदामा यस्तो डोमेन नेम, सेवाको नियमन तथा व्यवस्थापन नेपाल सरकारको सूचना प्रविधि विभागले गर्ने उल्लेख छ ।

मस्यौदा विधेयकअनुसार कुनै पनि व्यक्ति वा संस्थाले डट एनपी डोमेनमा नेम दर्ता गराउँदा सूचना प्रविधि विभागले तोकेको संस्थामा तोकिएअनुसारको दस्तुर बुझाउनुपर्ने छ । यसरी दर्ता भएको डोमेन नेम अन्यले प्रयोग गर्न नपाउने प्रस्ताव पनि गरिएको छ ।

विधेयकमा दर्ता भएका डोमेन नेमसँग झुक्किने किसिमले मिल्दोजुल्दो हुनेगरी डोमेन नेम दर्ता गर्न वा गराउन नहुने व्यवस्था समेत प्रस्तावित छ । सुरक्षित नामहरूसँग बाझिने किसिमले मिल्दोजुल्दो वा महत्त्वलाई अवमूल्यन गर्ने डोमेन नेम दर्ता गरेमा पाँच लाखसम्म जरिवाना प्रस्ताव गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस