बिदाइ भए डोलेश्वर आएका साधुसन्त « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

बिदाइ भए डोलेश्वर आएका साधुसन्त


२७ फाल्गुन २०८०, आइतबार


भक्तपुर । महाशिवरात्रि पर्वका लागि केदारनाथको शिर मानिने डोलेश्वर महादेवको मन्दिरमा नेपाल र भारतका विभिन्न ठाउँबाट आएका साधुसन्त एवं नागाबाबालाई दक्षिणासहित बिदाई गरिएको छ । 

केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले साधुसन्तलाई ‘क’ र ‘ख’ वर्गमा विभाजन गरी दक्षिणा दिएर आज बिदाई गरेको समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए । 

समितिले ‘क वर्गका १३० जना साधुसन्त एवं बाबाहरूलाई दक्षिणस्वरुप जनही रु. एक हजार दुई सय पाँच र ‘ख’ वर्गका साधुसन्त एवं बाबाहरूलाई रु. आठ सय पाँचका साथै एक-एक थान धोती र कम्बल पनि दिइएको जनाएको छ । 

महाशिवरात्रिका लागि एक साता अगाडिदेखि डोलेश्वर मन्दिर आएका साधुसन्त र बाबाहरूलाई मन्दिर परिसरमै खाने, बस्ने र धुनी जगाउने व्यवस्था गरिएको थियो । महाशिवरात्रिका दिन सो मन्दिरमा ६० हजार दर्शनार्थीले दर्शन गरेको जानकारी दिँदै उहाँले मन्दिरमा जम्मा भएको भेटी भने केही दिनमा सार्वजनिक गरिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस