काँग्रेसले एमालेसँग सहकार्य गर्न लागेको भन्ने हल्लामात्रै : प्रदीप पौडेल « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

काँग्रेसले एमालेसँग सहकार्य गर्न लागेको भन्ने हल्लामात्रै : प्रदीप पौडेल


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेसले एमालेसँग सहकार्य गर्न लागेको भन्ने हल्लामात्रै भएको बताएका छन् । 

काठमाडौँको सुकेधारामा आइतबार भएको शिक्षक संघ बागमती प्रदेशको अधिवेशनमा बोल्दै उनले यस्तो बताएका हुन् । 

काँग्रेस रचनात्मक प्रतिपक्षीको भूमिका खेल्दै जनताका कुरा खरो ढंगले उठाउने पनि बताएका छन् । काँग्रेस सरकार बनाउने खेलमा लाग्न नहुने उनको भनाई छ । 

सुशासन कायम गरे मात्रै जनताको विश्वास जित्न सकिने उनको भनाइ छ। 

Tags :
प्रतिक्रिया दिनुहोस