परराष्ट्रमन्त्री श्रेष्ठसँग र अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेट « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

परराष्ट्रमन्त्री श्रेष्ठसँग र अमेरिकी राजदूत थम्पसनको शिष्टाचार भेट


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डीन आर थम्पसनबीच शिष्टाचार भेट भएको छ ।  

भेटवार्ता आइतबार सिंहदरवारस्थित परराष्ट्र मन्त्रालयमा भएको हो । भेटमा राजदूत थम्पसनले नवनियुक्त परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए । 

भेटमा नेपाल-अमेरिका सम्बन्ध र सहकार्यका विविध पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस