नवनियुक्त वनमन्त्री साहद्वारा पदबहाली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नवनियुक्त वनमन्त्री साहद्वारा पदबहाली


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नवनियुक्त वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले पदबहाली गरेका छन् ।

राष्ट्रपति कार्यालयमा आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरवारस्थित मन्त्रालय पुगेर उनले पदबहाली गरेका हुन् ।

सो अवसरमा मन्त्रालयका सचिव डा. दीपकुमार खराललगायत मन्त्रालय र मातहतका विभाग तथा निकायका उच्चपदस्थ कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए । पद बहालीपछि रासससँग कुरा गर्दै मन्त्री सुडीले मन्त्रालय तथा निकायका सबै कर्मचारीसँग सरसल्लाह तथा विचार विमर्श गरेर मन्त्रालयका काम अघि बढाउने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस