माओवादी संसदीय दलको बैठक बस्दै  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

 माओवादी संसदीय दलको बैठक बस्दै 


२६ फाल्गुन २०८०, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक शनिबार बस्ने भएको छ । बैठक दिउँसो ३ बजे सिंहदरवारभित्र माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ । 

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुने जानकारी दिए। उनका अनुसार प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिने विषयमा पनि बैठकमा छलफल हुने छ । 

२१ गते प्रधानमन्त्री दाहालले काँग्रेससँगको तत्कालीन सत्ता गठबन्धन तोडेर नयाँ सत्ता समीकरण बनाएपछि प्रतिपक्षमा पुगेको नेपाली काँग्रेसले पनि अर्को समीकरण निर्माणको कसरत गरिरहेको छ । 

प्रधानमन्त्री दाहाल जतिसक्दो छिटो प्रतिनिधि सभाबाट (सोमबारको बैठकमा) विश्वासको मत लिने तयारीमा छन् । सो बारे माओवादीले आजको दलको बैठकमा छलफल गर्ने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस