सुतिरहेको अवस्थामा प्रशासकीय अधिकृतमाथि आक्रमण प्रयास « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सुतिरहेको अवस्थामा प्रशासकीय अधिकृतमाथि आक्रमण प्रयास


२५ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीमाथि आक्रमण प्रयास भएको छ ।

बिहीबार राति दुई बजे तीर निवासमा सुतिरहेको समयमा अज्ञात समूहले ढुंगामुढा गर्नुका साथै क्वार्टरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं इन्स्पेक्टर गोविन्द भण्डारीले प्रशासनलाई बताए ।

अहिले अधिकृत अधिकारी घटनामा संलग्नमाथि कारवाहीको माग गर्दै निवेदन लिएर प्रहरी प्रशासनमा पुगेका छन् ।

उनीमाथि आक्रमणको कारणबारे अहिलेसम्म खुलेको तर अनुसन्धानका लागि प्रहरी खटिएको इन्स्पेक्टर भण्डारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस