निगमको ग्राउण्ड ह्याण्डलिंग सेवाको गुणस्तर प्रमाणीकरण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निगमको ग्राउण्ड ह्याण्डलिंग सेवाको गुणस्तर प्रमाणीकरण


२४ फाल्गुन २०८०, बिहिबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गर्दै आइरहेको ग्राउण्ड ह्याण्डलिंग सेवाको गुणस्तर ‘आईएटीए सेफ्टी अडिट फर ग्राउण्ड अप्रेसन’बाट प्रमाणीकरण भएको छ । यससँगै थप दुई वर्ष अर्थात् ५ मार्च, २०२६ सम्मको लागि नवीकरण भएको छ ।

आईटीए-आईएसएजीओको नियमानुसार दुई/दुई वर्षमा गरिने अडिटको लागि आईएटीएका आधिकारिक अडिटर्सले अडिट गरेपछि निर्धारित सबै मापदण्ड पुरा गरेको हुनाले निगमलाई यो प्रमाणपत्र प्रदान गरिएको हो ।

निगमको ग्राउण्ड ह्याण्डलिंग सेवाको लागि निगमले विगत सन् २०१६ अगष्ट २६ देखि प्रमाणपत्र प्राप्त गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस