रोहित पौडेलले भने-हङकङ सिरिज युवा खेलाडीका लागि धेरै अवसर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रोहित पौडेलले भने-हङकङ सिरिज युवा खेलाडीका लागि धेरै अवसर


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । हङकङमा शनिबारदेखि सुरु हुने टी-२० सिरिजका लागि नेपाली खेलाडीको बिदाइ गरिएको छ ।

क्यानले एक कार्यक्रम गर्दै टी-२० सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई विवाद गरेको हो । बिदाइ कार्यक्रममा नेपाली टोलीका कप्तान रोहित पौडेलले यो सिरिज युवा खेलाडीका लागि अवसर भएको बताए ।

‘हङकङको सिरिजमा सिनियर खेलाडी छैनन्, युवा खेलाडीका लागि धेरै अवसर हो यो’, उनले भने ।

उनले थपे, ‘विश्वकप अघि यो सिरिज एकदमै महत्त्वपूर्ण छ । किनभने सबैको ज्ञान परीक्षण गर्न मिल्छ । तयारीका अनुसार हामी एकदमै तयार छौँ । र आउने खेलमा राम्रो गर्ने विश्वास छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस