लोक सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लोक सेवा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेस 


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभामा लोक सेवा आयोगको ६४ औँ वार्षिक प्रतिवेदन, २०७९-८० पेस भएको छ । सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट खानेपानीमन्त्री राजेन्द्रकुमार राईले उक्त प्रतिवेदन पेस गरेका हुन् ।

बैठकमा सभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७६’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश जानकारी गराए।

बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएकी थिइन् ।

राष्ट्रिय सभाको अर्को बैठक यही फागुन २७ गते आइतबार अपराह्न १ बजेर ९ मिनेटमा बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस