कीर्तिपुर एकका वडाध्यक्ष महर्जनको निधन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कीर्तिपुर एकका वडाध्यक्ष महर्जनको निधन


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ।

गएराति ६० वर्षीय उनको घरमै निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद बास्कोटाले जानकारी दिए ।

उनको निधन भएपछि बिहीबार बिहान नगरपालिका भवन अगाडि श्रद्धाञ्जली अर्पण गर्न राखिएको थियो।

उनको निधन भएपछि नगरपालिकामा आज शोक बिदा दिइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस