सबै क्षेत्रका कर्मचारीले आत्म सम्मान भएको महसुस गर्ने गरी ऐन ल्याउँछौँ -मन्त्री जोशी[भिडियो] « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सबै क्षेत्रका कर्मचारीले आत्म सम्मान भएको महसुस गर्ने गरी ऐन ल्याउँछौँ -मन्त्री जोशी[भिडियो]


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले कर्मचारीले आत्म सम्मान महसुस गर्ने गरी संघीय निजामती सेवा ऐन ल्याउने बताएका छन् । 

सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहणसँगै प्रशासनसँग गरेको कुराकानीका क्रममा मन्त्री जोशीले सबै क्षेत्रका कर्मचारीले आत्म सम्मान भएको महसुस गर्ने गरी ऐन ल्याउने बताएका हुन् । 

अनुभवी कर्मचारीहरूको सुझाव सल्लाह लिएर अघि बढ्ने बताउँदै सरोकारवाला सवैपक्षहरुसँग छलफल गरी कर्मचारीका गुनासाहरूलाई सम्बोधन गरिने मन्त्री जोशीको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस