लागुऔषधसहित एक युवक पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लागुऔषधसहित एक युवक पक्राउ


२४ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार काठमाडौं चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुंगामा प्रहरीले काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसमा चेकजाँच गर्दा बसमा सवार झापाको बिर्तामोड नगरपालिका-८ घर भएका २४ वर्षीय सागर थापालाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । 

उनका अनुसार ती युवकको साथबाट १५ ग्राम खैरो हिरोइन बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस