दुई छिमेकी राष्ट्रको सम्बन्ध सुदृढ बनाउने परराष्ट्रमन्त्री श्रेष्ठ प्रतिबद्धता  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दुई छिमेकी राष्ट्रको सम्बन्ध सुदृढ बनाउने परराष्ट्रमन्त्री श्रेष्ठ प्रतिबद्धता 


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले पदभार सम्हाल्दै नेपालले कूटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताएका छन्।

उनले दुई छिमेकी राष्ट्रको सम्बन्धलाई सुदृढ गर्न, उन्नत बनाउने प्राथमिकताका साथ काम गर्ने बताए।

‘सबै मित्रराष्ट्रसँगको सम्बन्ध मैत्रीपूर्ण बनाउने कुरामा मेरो भूमिका रहनेछ, ‘उनले भने, ‘वैदेशिक रोजगारीमा रहेका सबै नेपालीहरूको रक्षा गर्ने कुरा मेरो कार्यभारका रूपमा लिएको छु।’

उनले गैरआवासीय नेपालीहरूको लगानीलाई नेपालको विकासका निम्ति परिचालित गर्न प्रोत्साहित गर्ने पनि बताए।

कूटनीतिक आचारसंहिताको कार्यान्वयनमा आफूले विशेष जोड दिने पनि उनले बताए।

नेपालको राष्ट्रिय हित अनुकूल हुने वैदेशिक रकम मात्रै स्वीकार गर्ने बताउँदै उनले राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस