काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधवार मन्त्रिमण्डल विस्तार गरेका छन् ।
विस्तारित मन्त्रिमण्डल २० सदस्यीय भएको छ । बुधबार एमाले, माओवादी, रास्वपा र एकीकृत समाजवादीका तर्फबाट मन्त्री थप गर्दै यसअघिको चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरी २० सदस्यीय बनाएका हुन् । तर २ वटा मन्त्रालय अझै प्रधानमन्त्री ‘प्रचण्ड’सँग रहेका छन् ।
वन तथा वातावरण र स्वास्थ्य मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका हुन् । ती मन्त्रालय जसपालाई छुट्याइएको थियो । तर जसपाले तत्काल मन्त्री नपठाएकाले उसको भागमा परेका मन्त्रालय प्रधानमन्त्री आफैँले राखेका हुन् ।
