२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस कम्युनिष्टको मिल्ने धर्म भनेकै भ्रष्टाचार हो : डा. बाबुराम भट्टराई

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै व्यवस्था जोगाउने जिम्मेवारी लिएकाहरूबाटै अहिलेको व्यवस्थामाथि संकट रहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले विगतमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन क्रान्ति गर्नेहरूबाटै अहिले गणतन्त्रात्मक शासनलाई सक्ने काम भइरहेको बताए। संघीय लोकतान्त्रिक गणतन्त्रलाई भर्खर जन्मिएको बालकको रूपमा चित्रण गर्दै उनले प्रधानमन्त्री दाहालले संघीयतालाई सक्ने काम गरिरहेको आरोप लगाए।

उनले अहिले सरकार बच्चाको खेल जस्तो गरेर बनाउने, गिराउने काम भइरहेको पनि बताए। उनले काँग्रेस, कम्युनिष्ट, माओवादीहरू सबैको एउटै धर्म भनेको भ्रष्टाचार गर्नु रहेको बताए। उनले देशमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक सांसद नभएसम्म अस्थिरता कायम भइरहेको जिकिर गरे। उनले आफ्नो पार्टी अरू पार्टीभन्दा उन्नत पार्टी भएकाले अरु पार्टीको पुच्छर नबन्ने दाबी गरे।

उनले क्रान्तिको नेतृत्व गरेकाहरू नै सरकारमा रहँदा पनि विकास हुन नसकेको भन्दै उनीहरूको निकम्मापन,भ्रष्टीकरण, परिवारवाद र नांगो प्रकारको राज्यको दोहनले गर्दा जनतामा वितृष्णा उत्पन्न भएको बताए।

अध्यक्ष भट्टराईले अहिले अस्थिरता सिर्जना गरेर व्यवस्थालाई नै धराशायी बनाउने काम भइरहेको आरोप लगाए।

प्रतिक्रिया दिनुहोस