सचिव मरहट्टा, निर्देशक श्रेष्ठ र इन्जिनियर ढुंगानाले पाए सफाइ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सचिव मरहट्टा, निर्देशक श्रेष्ठ र इन्जिनियर ढुंगानाले पाए सफाइ


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानालाई सफाइ पाएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गोरखामा सडक नै नभएको ठाउँमा पुल हालेको भन्दै मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनीहरूलाई सफाइ दिएको हो ।

गोरखा नगरपालिकाको वडा नम्बर ३ र सिरानचोक गाउँपालिका-५ जोड्ने जरेवरस्थित दरौँदी खोलामा खोलामा बद्नियतपूर्वक पुल हालिएको अभियोगमा उनीहरूमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सडक नै नभएको ठाउँमा ५ करोड ३९ लाखमा निर्माण गरिएको ५० मिटर लामो पुल बनाइएको अभियोगमा अख्तियारले राज्यको सम्पत्तिको दुरुपयोग गरेको आरोप लगाएको थियो ।

काल्पनिक डीपीआर बनाएर पुलको स्थान र डिजाइनसमेत परिवर्तन गरी कानूनबिपरीत पुल हालिएको भन्दै अख्तियारले गत साल फागुनमा विशेष अदालतमा मुद्दा हालेको हो । उनीहरूले ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले आरोप थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस