कसले पाए कुन मन्त्रालयको जिम्मेवारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कसले पाए कुन मन्त्रालयको जिम्मेवारी


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नयाँ गठबन्धनका दलहरूले सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन् । नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगाएका हुन् ।

नेकपा (एमाले)ले ८ मन्त्रालय, माओवादी केन्द्र ५ र राष्ट्रिय स्वतन्त्र पार्टी ४ मन्त्रालय लिएर सरकारमा सहभागी हुन लागेका हुन् । गठबन्धनको अर्को दल जसपाले अझै मन्त्रीहरूको नाम टुंगाएको छैन ।

नेकपा एमालेबाट रघुवीर महासेठ-उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री, पदम गिरी-कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री, बलराम अधिकारी-भूमि व्यवस्था तथा सहकारी मन्त्री रहेका छन् । यसैगरी भगवती चौधरी-महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, राजेन्द्र राई-खानेपानी मन्त्री, दामोदर भण्डारी-उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, हरि उप्रेती-रक्षा मन्त्री र ज्वालाकुमारी साह-कृषि मन्त्री रहेका छन् ।

माओवादी केन्द्रको तर्फबाट नारायणकाजी श्रेष्ठ-उपप्रधान तथा परराष्ट्र मन्त्री, वर्षमान पुन-अर्थमन्त्री, शक्तिबहादुर बस्नेत-ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री, रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि मन्त्री र हितबहादुर तामाङ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट रवि लामिछाने-उपप्रधान तथा गृहमन्त्री, सुमना श्रेष्ठ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, बिराजभक्त श्रेष्ठ-युवा तथा खेलकुद मन्त्री र डोलप्रसाद अर्याल (डिपी)-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रहेका छन् ।
मन्त्रीहरूको शपथ आजै हुने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस