एमालेले टुंग्यायो मन्त्री « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमालेले टुंग्यायो मन्त्री


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेले मन्त्रीहरूको नाम टुङ्ग्याएको छ । सत्ता गठबन्धनका नेताहरूले मन्त्रालय बाँडफाँटको खाका तयार पारेसँगै एमालेले मन्त्रीहरूको नाम टुंगो लगाएको हो ।

सरकारमा एमालेले ८ मन्त्रालय पाउनेछ । नेताहरूका अनुसार सरकारमा पार्टीको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री हुनेछन् ।

पदम गिरीले मन्त्री पदको शपथ लिइसकेका छन् । अब दामोदर भण्डारी, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुनेछन् ।

महासेठ र अधिकारी बाहेक सबै अघिल्लो पटक ‘प्रचण्ड’ सरकारमा मन्त्री भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस