उपनिर्वाचनका उम्मेदवारलाई देउवाले औपचारिक पत्र दिने निर्णय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

उपनिर्वाचनका उम्मेदवारलाई देउवाले औपचारिक पत्र दिने निर्णय


२३ फाल्गुन २०८०, बुधबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १५ वैशाखमा हुने उपनिर्वाचनका आफ्ना उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्ने भएका छन् ।

पार्टीको हिजो (मंगलबार) बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । उपनिर्वाचन इलाम-२ र बझाङको प्रदेश सभा १ मा हुँदैछ ।

उप-निर्वाचनका लागि दल दर्ताको जिम्मेवारी पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ ।

सभापति देउवा निवास बुढानीलकण्ठमा काँग्रेसको कार्यसम्पादन समितिको बैठक मंगलबार बसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस