माधव नेपाललाई देउवाको प्रस्ताव : प्रधानमन्त्रीले धोका दिए सँगै मिलेर जाऔँ « प्रशासन
Logo १० जेष्ठ २०८१, बिहिबार
   

माधव नेपाललाई देउवाको प्रस्ताव : प्रधानमन्त्रीले धोका दिए सँगै मिलेर जाऔँ


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन् ।

स्रोतका अनुसार बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धोका दिए, अब सँगै मिलेर अगाडि जाउँ’भनेका थिए ।

यसको जवाफमा अध्यक्ष नेपालले आज दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकमा कुरा राख्ने जानकारी दिए ।

मंगलबार राति प्रधानमन्त्री दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस