मिटर ब्याज पीडित वार्ता टोली संयोजकसहित २० जना बालुवाटारबाट पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मिटर ब्याज पीडित वार्ता टोली संयोजकसहित २० जना बालुवाटारबाट पक्राउ


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका अध्यक्ष एवं वार्ता टोलीका संयोजक अवधेश कुशवाहसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार पक्राउ परेकाहरूलाई प्रहरी वृत्त, मालीगाउँमा राखिएको छ । पक्राउ पर्नेमा १५ पुरुष र ५ महिला रहेका छन् ।

सङ्घर्ष समितिका प्रवक्ता नीर्घ नवीनका अनुसार आज सङ्घर्ष समितिको मार्च पासको कार्यक्रम थियो । मिटर ब्याज पीडित र सरकारबिच पटक पटक भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । सत्ता समीकरण फेरिएको अवस्थामा वार्ता थप अनिश्चित बनेको नवीनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस