नयाँ गठबन्धनबारे चीनले भन्यो-‘राजनीतिक स्थायित्वको आशा छ’ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नयाँ गठबन्धनबारे चीनले भन्यो-‘राजनीतिक स्थायित्वको आशा छ’


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । छिमेकी मुलुक चीनले सत्ता समीकरण फेरिएर नेपालमा बनेको नयाँ गठबन्धन सरकारका दलहरू एकताबद्ध भएर राजनीतिक स्थायित्व ल्याउने आशा व्यक्त गरेको छ ।

मंगलबार चीनको विदेश मन्त्रालयले बेइजिङमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालमा सत्ता समीकरण परिवर्तन भएको विषय जानकारीमा रहेको भन्दै यसले राजनीतिक स्थायित्व र आर्थिक उन्नतिका लागि काम गर्ने आशा गरेको बताइन् ।

‘नेपालमा नयाँ सत्ता समीकरण बनेको र मन्त्रिपरिषद् पुनर्गठन भएको विषयलाई चीनले जानकारीमा राखेको छ’, उनले भनेकी छन्, ‘हामीले गठबन्धनका सम्बन्धित दलहरू एकताबद्ध भएर नयाँ सरकार गठनसम्बन्धी कामलाई अगाडि बढाउने र राजनीतिक स्थायित्व, आर्थिक वृद्धि तथा जनताको जीविकोपार्जनमा सुधार ल्याउने छन् भन्ने आशा लिएका छौँ ।’

नियमित पत्रकार सम्मेलनमा चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले राखेको प्रश्नको जवाफ दिने क्रममा दुवै देशका नागरिकलाई फाइदा हुने गरी काम गर्न चाहेको चीनको विदेश मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस