तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सकियो   « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ सकियो  


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । बुद्ध जन्मस्थल लुम्बिनीमा सञ्चालित तीन दिने तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन मंगलबार सकिएको छ ।

अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोष, लुम्बिनी साँस्कृतिक नगरपालिकासहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक पाठ गरिएको हो ।

त्रिपिटक पाठको मंगलबार निवर्तमान शिक्षामन्त्री अशोक राईले समापन गरेका हुन् । समापन समारोहलाई सम्बोधन गर्दै निवर्तमान शिक्षामन्त्री राईले बुद्धजन्मस्थल लुम्बिनीमा बुद्धका शिक्षाहरूको संगालो त्रिपिटक पाठले विश्वभर सकरात्मक सन्देश प्रवाह गरेको बताए ।

गौतमबुद्ध एसियाको मात्रै नभएर विश्वकै प्रकाश भएको बताउँदै बुद्धको शिक्षा विश्वका लागि अपरिहार्य भइसकेको उनले बताए । उनले विश्वमा देखिएको अशान्ति र अहिंसालाई सही मार्गमा ल्याउने बुद्धको शिक्षाहरू पवित्रस्थल लुम्बिनीमा वाचन गरिने कुरा आफैमा स्मरणीय रहेको बताए ।

यस्तै उक्त अवसरमा अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु फ्रा खुर धमेशभनले आजको आधुनिक समाजमा बुद्धशिक्षाको आवश्यकता बढ्दै गएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस