Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काठमाडौँ महानगरद्वारा १० अस्पतालको फोहोर संकलनमा रोक


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहोर संकलनमा रोक लगाएका अस्पतालहरूको सङ्ख्या १० पुगेको छ ।

काठमाडौँ १३ मा रहेको कालीमाटी चेस्ट अस्पताल र वडा नम्बर १२ को बुद्धमाई अस्पतालको फोहोर संकलनमा रोक लगाएसँगै यस्ता अस्पतालहरूको सङ्ख्या १० पुगेको हो ।

यसअघि महाराजगञ्ज-बसुन्धरा-सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, बीपी स्मृति अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, चाबहिलको ओम र दीर्घायु गुरु अस्पताल, कलंकीको शहीद मेमोरियल र नेपाल नेशनल अस्पताल, महाराजगञ्जको कान्ति बाल अस्पतालको फोहोर संकलन रोकिएको छ ।

महानगरले सङ्क्रमित फोहोर निः सङ्क्रमण नगरिएका अस्पतालहरूको फोहोर संकलनमा रोक लगाउँदै आएको छ । महानगरकी उपमेयर एवम् अनुगमन समितिकी संयोजक सुनिता डंगोलले एक ठाउँको गल्तीले वातावरण र मानव स्वास्थ्यका क्षेत्रमा गम्भीर संकट आउन सक्ने जोखिमलाई मध्यनजर गर्दै त्रुटि देखिएका अस्पतालहरूको फोहोर संकलनमा रोक लगाएको बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस