एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेगरी बैठक बोलाएको सो पार्टीका एक नेताले जानकारी दिए ।

‘बुधवार ११ बजे सचिवालय बैठक बोलाइएको छ । विकसित राजनीतिक घटनाक्रम र महाधिवेशनबारे छलफल हुन्छ’, उनको भनाइ छ । एमालेसहितको नयाँ समीकरण बनेपछि एकीकृत समाजवादीलाई सरकारमा आउन प्रधानमन्त्री प्रचण्डले आग्रह गरिसकेका छन् ।

तर नयाँ समीकरण र नयाँ सरकारको उद्देश्य, योजना, नीति कार्यक्रम हेरेर मात्रै निर्णय गर्ने जवाफ अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डलाई दिइसकेका छन् । उनले सरकारमा गइहाल्ने सम्भावना नरहेको भन्दै पर्ख र हेरको नीति कायमै रहे पनि बैठकले ठोस निर्णय गर्न सक्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस