२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धारिलो हतियार प्रहार गरी किशोरीको हत्या

अ+ अ-

विराटनगर । मोरङको पथरीशनिश्चरेमा एक बालिकाको हत्या भएको छ । प्रहरीका अनुसार उनको सोमबार राति हत्या भएको हो ।

पथरीशनिश्चरे नगरपालिका-७ स्थित लामा टोलमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ती बालिका मामाको छोराको घरमा बस्दै आएकी थिइन् ।

घर पसिसरमा राति करिब ११ बजे अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरेर उनको हत्या गरेको प्रहरीको भनाइ छ ।

किशोरीको गर्धनसहित शरीरका विभिन्न भागमा हतियारको चोट देखिएको छ ।

आक्रमणका क्रममा उनी चिच्याएपछि दाजु विनोद कोठाबाट निस्किएर घटनास्थलमा गएका थिए । उनले आफू पुगेको केही बेरमै बहिनीको मृत्यु भएको प्रहरीलाई जानकारी गराएका छन् ।

उनी स्थानीय पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ की विद्यार्थी हुन् । बालिका मामाको छोरा विनोदले घरमा सञ्चालन गरेको होटलमा काम सघाउँदै, स्थानीय विद्यालयमा पढ्दै आएकी थिइन् ।

प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ । घरका मानिस एवं आसपास छिमेकका मानिसहरूसँग सोधपुछ गर्ने र शङ्कास्पद व्यक्तिहरूको निगरानी गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।