२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टाटासुमोले ठक्कर दिँदा दुईको मृत्यु, एक जना घाइते

अ+ अ-

जलेश्वर९महोत्तरी । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा भारतीय टाटासुमोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका-५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका-१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नम्बरको टाटासुमोले गएराति पिपरा-१ स्थित सडकखण्डमा पिपराबाट मटिहानतिर जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरलाई ठक्कर दिएको थियो । ठक्करबाट ट्र्याक्टरमा पछाडि बसेका राइनको मृत्यु भएको थियो भने सोही क्रममा टाटासुमोले विपरीत दिशाबाट साइकलमा आउँदै गरेको यादवलाई ठक्कर दिएको थियो ।

सोही टाटासुमोको ठक्करबाट ट्र्याक्टरमा सवार पिपरा-५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको जनाइएको छ । टाटासुमो पनि मटिहानी -४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको र चालक फरार रहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस