थप ३ अस्पतालको फोहोर संकलनमा महानगरले लगायो रोक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

थप ३ अस्पतालको फोहोर संकलनमा महानगरले लगायो रोक


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा आइतबार ३ वटा अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ ।

महाराजगञ्ज-बसुन्धरा-सामाखुशी क्षेत्रमा सञ्चालित चिरायु, बीपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ ।

आजसम्ममा २७ वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन भइसकेको छ । यसक्रममा यसअघि नै एउटा सरकारी र ४ वटा निजी गरी ५ वटा अस्पतालहरूको फोहोर संकलनमा रोक लगाइ सकिएको छ । यसमा आज ३ वटा थप भएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस