संघीय निजामती सेवा विधेयक दर्ता तयारी, कानुन हुँदै सामान्यमा पुग्यो  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

संघीय निजामती सेवा विधेयक दर्ता तयारी, कानुन हुँदै सामान्यमा पुग्यो 


२० फाल्गुन २०८०, आइतबार


संघीय निजामती सेवा ऐन

काठमाडौँ । बहुचर्चित संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा दर्ता हुँदैछ । जसको तयारीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय हुँदै मस्यौदाको कपी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आइपुगेको छ । 

‘कानुन मन्त्रालयबाट एक जना उपसचिव विधेयक बोकेर सचिवज्यूमा पस्नु भएको छ’, ती स्रोतले भने, ‘सम्भवतः केही बेरमा अघि बढ्छ’ 

केही दिनअघि मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै विधेयक दर्ता गरिने बताएका थिए । 

संविधान निर्माण भएको ८ वर्ष पूरा हुँदासम्म पनि समग्र सार्वजनिक प्रशासनसँग जोडिएको संघीय निजामती सेवा ऐन ल्याउनतर्फ खासै चाँसो देखाइएको थिएन, जसका कारण सङ्घीयताको महत्त्वपूर्ण पिल्लरका रूपमा रहेको प्रशासनिक सङ्घीयताले गति लिन सकेको थिएन । 

Tags :
प्रतिक्रिया दिनुहोस