इङ्ग्लिस प्रिमियर लिग फुटबल : शीर्ष स्थानको लिभरपुल विजयी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इङ्ग्लिस प्रिमियर लिग फुटबल : शीर्ष स्थानको लिभरपुल विजयी


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुल विजयी भएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नटिङघम फरेस्टलाई अन्तिम समयमा एक गोल गर्दै पराजित गरेको हो ।

लिभरपुलले दोस्रो हाफको अतिरिक्त नवौँ मिनेटमा गोल गरेको थियो । लिभरपुलका लागि डार्विन नुनेजले एलेसिस एलिस्टरको पासमा गोल गर्दै स्पष्ट ३ अंक दिलाए । जितसँगै लिभरपुलले २७ खेलबाट ६३ अंक बनाएको छ । नटिङघम फरेस्ट भने समान खेलबाट २४ अंकका साथ १७ औँ स्थानमा छ ।

यसैगरी प्रिमियर लिगमा चेल्सी र ब्रेन्टफोर्डले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । उता, वेस्टह्यामले भने एभर्टनमाथि ३-१ गोलको जित पक्का गरेको छ । त्यसैगरी फुलह्यामले ब्राइटनलाई ३-० गोल अन्तरले पराजित गर्दा न्युक्यासलले वुल्भ्सलाई पनि ३-० कै नतिजामा स्तब्ध बनायो । 

टोटनह्यामले क्रिष्टल प्यालेसलाई ३-१ गोल अन्तरले पराजित गर्दा एस्टन भिल्लाले लुटनमाथि ३-२ गोल अन्तरले जित निकालेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस