मैले निष्पक्ष भएर कुर्सीको गरिमा बचाउन सफल भएँ : राष्ट्रिय सभा अध्यक्ष « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मैले निष्पक्ष भएर कुर्सीको गरिमा बचाउन सफल भएँ : राष्ट्रिय सभा अध्यक्ष


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन् । भोलिदेखि कार्यकाल सकिएर बिदा हुन लागेका अध्यक्ष तिमल्सिनाले आफ्नो अध्यक्षतामा आजको बैठक नै अन्तिम भएको सुनाएका छन्  ।

उनले भने, ‘मलाई यो जिम्मेवारीमा रहँदा एउटा चुनौती थियो । रानीजीतक पार्टीको एउटा खरो कार्यकर्ता निर्वाचित भएर यो ठाउँमा आउँदा यो कुर्सीको गरिमा निष्पक्ष अझ तटस्थ भएर निर्वाचन गर्न सक्छु कि सक्दिनँ कतै सकिनँ भने पदीय गरिमामा आँच आउनेछ । व्यक्ति केही पनि होइन तर त्यो पदीय गरिमा बचाउनु सबैभन्दा महत्त्वपूर्ण हो भन्ने मलाई चुनौती थियो । सभाको अध्यक्षता गर्ने त मेरो यो अन्तिम नै हो ।’

उनले आजसम्म निष्पक्ष ढंगले सञ्चालन गर्ने वातावरण बनेको उल्लेख गर्दै आफू सफल भएको दाबी गरे । उनले भने, ‘एकदमै प्रतिकुल अवस्थामा पनि तपाईँहरूले साथ दिनुभयो । र म सफल भएँ ।

राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासहित भोलि २० सांसद बिदा हुँदैछन् । अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस