१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी भएको भन्दै रुष्ट बने रक्षामन्त्री 

अ+ अ-

काठमाडौँ । सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी भएको भन्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का रुष्ट भएका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पछिल्लो सरकारी निकायहरुको सम्बन्धमा नकारात्मक टिप्पणी गर्नेहरू बढेको बताए ।

‘पछिल्ला दिनहरूका सरकार, सेना र अदालतप्रति नकारात्मक भाष्यहरू सम्प्रेषण गर्ने प्रवृत्ति केही बढेको छ’ उनले भने, ‘सरकार, सेना र अदालतलाई आक्रमण गरेर, तथ्यहीन सूचना र समाचार सम्प्रेषण गरेर मात्र विकास हुने होइन जस्तो लाग्दछ ।’ तर, आफूले सरकारी निकायमा समस्या नरहेको भनी जिकिर नगरेको पनि उनले बताए ।

‘‘सरकार सेना र अदालतमा कुनै पनि समस्या नै छैन भन्ने मेरो जिकिर पनि होइन । तर, यी संस्थाहरू हामी सबै नागरिकका साझा सम्पति हुन्’ रक्षामन्त्री खड्काले भने, ‘सरकारी निकायमा रहेका कमिकजोरी सुधार्न नागरिकका रचनात्मक भूमिका जरुरी पनि हुन्छ । यसका विषयमा सरकार सचेत छ ।’

सरकारी निकायमा भएको कमीकमजोरी सुधार्दै जाने र तथ्यहीन आरोपहरूलाई तथ्य र प्रमाणले चिर्दै जाने कुरामा सरकार क्रियाशील रहेको पनि उनले बताए ।अनुशासित र नैतिकवान नागरिक र ती नागरिकबाट हुने क्रियाकलापले मात्र समाज सभ्य र सुसंस्कृत हुने उनको भनाइ छ ।

उनले भने, ‘राष्ट्रिय गौरव, लोकतन्त्र र जनपक्षता, श्रमको सम्मान, उद्यमशिलता, अनुशासन, मर्यादा र सहिष्णुतामा आधारित सामाजिक र सांस्कृतिक मूल्यहरूको विकास गर्दै सामाजिक सद्भाव, एकेवद्धता र सामञ्जस्यता कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य हो ।’

प्रतिक्रिया दिनुहोस