१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इरानमा आज आम निर्वाचन 

अ+ अ-

काठमाडौँ । इरानमा आज आम निर्वाचन हुँदै छ । सन् २०२० को संसदीय चुनावपछि इरानले लगातार चुनौतीहरू सामना गरिरहेकाले यो चुनावलाई लोकतान्त्रिक सुधारको रूपमा हेरिएको छ । इरानको संसदको २९० सिटका लागि १५ हजारभन्दा बढी उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।

शिया मुस्लिमहरूको बाहुल्यता रहेको देशमा आजको निर्वाचनले त्यहाँको सर्वोच्च नेता चुन्ने छ  जसले इरानको आगामी राजनीतिक भविष्य सुनिश्चित गर्ने ठानिएको छ ।  

संसदमा पाँच सिट धार्मिक अल्पसङ्ख्यकका लागि आरक्षित छन् । संसदीय निर्वाचन बाहेक इरानका जनताले आज ८८ सिट भएको विज्ञहरूको सभाका लागि पनि मतदान गर्नेछन् । आठ वर्षको कार्यकालको यो प्यानलले अर्को सर्वोच्च नेता नियुक्त गर्नेछ । इरानको सर्वोच्च नेतामा अलि खामीनी रहेका छन् ।

प्रत्येक ४ वर्षमा हुने चुनावमा निर्वाचित हुनका लागि ५० प्रतिशत बढी मत ल्याउनु पर्ने व्यवस्था छ । पहिलो पटकमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत पाउन असफल भएमा दोस्रो चरणमा शीर्ष २ बीच चुनाव हुन्छ ।

८.५ करोड जनसङ्ख्या भएको इरानमा ६.१२ करोडभन्दा बढी जनता बालिग मतदाताको रूपमा रहेका छन् । चुनावका लागि ५९ हजार मतदान केन्द्र तोकिएको छ भने तेहरानमा मात्रै ५ हजार मतदान केन्द्र स्थापना गरिएको छ । चुनावका लागि इरानमा साढे २ लाख सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अल जजिराका अनुसार इरानी संसद्का सभामुख मोहम्मद बगेर गालिबाफ यस चुनावमा पुनः निर्वाचित हुने अपेक्षा गरिएको छ । उनले आफ्ना ३० जना सहकर्मीलाई भोट दिन आग्रह गरेका छन् । ६ जना महिला बाहेक यो सूचीमा रूढिवादी र कट्टरपन्थी उम्मेदवार पनि परेका छन् । 

त्यसैगरी, चरम कट्टरपन्थी उम्मेदवारहरू चुनाव जित्ने सम्भावना रहेको उल्लेख गरेको छ । सन् २०१५ मा उदारवादी राष्ट्रपति हसन रुहानीलाई अपदस्त गरेपछि इरानको संसद निकायमा रूढीवादी र कट्टरपन्थीहरूले कब्जा गरेका थिए ।  अहिलेका सभामुख मोहम्मद बगेर गालिबाफ इरानको राष्ट्रपति बन्ने लक्ष्यमा रहेका छन् । 

प्रतिक्रिया दिनुहोस