२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापकबाटै उपकुलपति नियुक्त गर्न माग 

अ+ अ-

काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालय (पूविवि)को उपकुलपतिमा कार्यरत प्राध्यापकलाई काम गर्ने अवसर दिनुपर्ने भन्दै पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघले त्यहीँ कार्यरत प्राध्यापकलाई नै विश्वविद्यालयको नेतृत्व गर्न दिनुपर्ने माग गरेको छ । 

संघले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र दिँदै यस्तो माग गरेको हो ।

‘यसअघि उपकुलपतिका रूपमा आएका पर्यटकरुपी बाह्य व्यक्तिहरूले विश्वविद्यालय तहसनहस पारेका छन्’ संघका अध्यक्ष यज्ञप्रसाद जमरकट्टेल र महासचिव प्रमोदकुमार यादवद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रका भनिएको छ । 

विश्वविद्यालय भित्रकै प्राध्यापकहरू नेतृत्वका लागि सक्षम रहेको भन्दै पूविवि भित्रका प्राध्यापकहरूबाट उपकुलपति नियुक्त गनुपर्नेमा संघले जोड दिएको छ । 

ध्यानकर्षणपत्रमा भनिएको छ- ‘पूर्वाञ्चल विश्वविद्यालयमा कार्यरत प्राध्यापकहरू नै विश्वविद्यालयको नेतृत्व गर्न सक्षम रहेको र वर्तमान तथा तत्कालीन अवस्थामा पर्यटकरूपी वाह्य व्यक्तिहरूले तहसनहस पारेको यो विश्वविद्यालयलाई प्राज्ञिक विशिष्टताको रूपमा विकास गर्न विश्वविद्यालयमा कार्यरत सक्षम प्राध्यापकहरू मध्येबाट रिक्त हुन गइरहेको उपकुलपति पदमा नियुक्त गर्न विनम्र अनुरोध गर्दछ ।’

हालका उपकुलपति प्रा. डा. यादवराज कोइरालाको आज (शुक्रबार) कार्यकाल सकिँदै छ । उक्त पदमा नेपाल सरकारद्वारा खुला प्रतिस्पर्धाबाट गरिएको उपकुलपति छनोट प्रक्रियाका लागि गरिएको आह्वानमा १८ जनाले आवेदन दिएका छन् । 

विश्वविद्यालय भन्दा बाहिरका प्राध्यापकहरूलाई उपकुलपतिमा नियुक्ति हुँदा पूर्णकालीन रूपमा विश्वविद्यालयमा समय नदिने, बारम्बार भ्रमणमा गई विश्वविद्यालयको प्राज्ञिक विशिष्टता हासिल गर्ने दिशामा कुनै काम नगर्ने गरेको संघको भनाइ छ ।

यसैगरी, छोटो समय विश्वविद्यालयमा बस्ने र अनावश्यक छलफलमा समय व्यतीत गर्ने, ऐन तथा विनियमको साथै विश्वविद्यालय सभा समेतलाई पाखा लगाई पहुँचको आधारमा आफ्नालाई खुसी पार्न सङ्काय तथा क्याम्पस टुक्राई पदाधिकारी नियुक्ति गरी विश्वविद्यालयकाको अनावश्यक खर्च बढाउने गरेको पनि संघले उल्लेख गरेको छ ।

यसअघि छोटो कार्यकालका लागि उपकलुपतिनियुक्त भएका विश्वविद्यालयकै केही प्राध्यापकरुले राम्रो काम गरेको भन्दै संघले कार्यरत प्राध्यापकहरूलाई विश्वविद्यालयको नेतृत्व दिँदा लिएर कुशलतापूर्वक विश्वविद्यालय सञ्चालन गर्ने संघको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस