ट्रिपरको ठक्करबाट जिपमा सवार तीन जनाको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ट्रिपरको ठक्करबाट जिपमा सवार तीन जनाको मृत्यु


१८ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । मोरङको बेलबारीमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । ट्रिपरले बोलेरो जिपलाई ठक्कर दिँदा बोलेरोमा सवार तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा मे १ झ २८५६ नम्बरको बोलेरो जिपलाई प्रदेश ०२-००१ ख ९६७६ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार बोलेरोमा सवार झापाको कमल गाउँपालिका-२ का ५२ वर्षीय यदुकान्त भट्टराई, ४४ वर्षीया दिपा खनाल र ३६ वर्षीय कृष्ण गजुरेलको मृत्यु छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार बोलेरोमा सवार सोही ठाउँका हरि खनाल र गायत्री भट्टराई सिकिस्त घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले प्रहरीले ट्रिपर चालक मोरङको सुन्दरहरैंचा नगरपालिका-७ का २३ वर्षीय चन्द्रबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस