गोठमा आगलागी हुँदा बर्दियामा एक जनाको मृत्यु  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गोठमा आगलागी हुँदा बर्दियामा एक जनाको मृत्यु 


१८ फाल्गुन २०८०, शुक्रबार


बर्दिया । ठाकुरबाबा नगरपालिका-४ मैनवारमा गएराति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो । 

आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्षिराम जैशीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर लछिराम जैशीको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ । 

उनको शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ । आगलागी भएपश्चात् स्थानीयबासीले धारा र मोटरको पानीबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । पछि नेपाल प्रहरी, नगर प्रहरीले ट्याक्टरमा जडित पानी ट्याङ्करबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । मधुवन नगरपालिका दमकलको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगरप्रहरी र स्थानीयवासीले राती ११ बजे आगो नियन्त्रणमा लिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस