२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘एसियन हाइवे’ बनाउन काँकडभिट्टाबाट ४ हजारभन्दा बढी रुख काट्न सुरु

अ+ अ-

झापा । एसिया महादेशका ३२ वटा देशलाई जोड्ने गरी निर्माण भइरहेको एसियाली राजमार्गका लागि झापाको काँकडभिट्टा खण्डमा रुख कटान सुरु भएको छ ।

दुई लेन सडकलाई चार लेन बनाउने उद्देश्यसहित उक्त खण्डमा रुख कटान सुरु भएको ‘डिभिजन’ वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बिहीबार बिहान धुलाबारीमा पूजापाठ गरी रुख कटान सुरुआत गरेका हुन् ।

एसियन राजमार्ग निर्माणका लागि काँकडभिट्टा-सितापुरीलाई पूर्वीखण्ड र सितापुरी-मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरिएको छ । राईका अनुसार पूर्वी खण्डको ठेक्का प्रक्रिया पूरा भइसकेकाले काँकडभिट्टा-सितापुरीसम्मको ४५ किलोमिटर सडकका ४ हजार ७२३ रुख आजदेखि काट्न थालिएको हो ।

राईले निर्माण ठेक्का पाएको कम्पनीले २ महिनाभित्रमा काँकडभिट्टादेखि केर्खासम्मका रुख कटान गरिसक्नुपर्ने जानकारी दिए ।

रुख कटानसँगै सडक विस्तारको काम सुरु भइसकेको एसियाली विकास बैंक आयोजना कार्यालय दमकका प्रमुख सुनिलबाबु पन्तले बताए । उनले राजमार्गका उत्तर दक्षिण विभिन्न भागमा ‘साइड क्लियरेन्स’ को काम भइरहेको बताए ।

पन्तले सडक निर्माणसँगै जमिनमुनिका पानीका पाइप र बिजुलीको खम्बा हटाइने जानकारी दिए । ‘काम सुरु गर्न रुख नै बाधक थियो । रुख काट्ने अनुमति (बुधबार)आएर कटान सुरु भयो अब द्रुतगतिमा काम हुन्छ’, उनले भने ।

एसियाली विकास बैंकको सहयोगमा निर्माण सुरु भएको काँकरभिट्टादेखि केर्खासम्मको सडक करिब १० अर्ब रुपैयाँ लगानीमा सक्ने गरी एभ्रासकन कालिका जेभीले ठेक्का लिएको छ ।

‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेका छन् ।फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या पनि बढ्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस