समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति सांसद थापाको असन्तुष्टि  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति सांसद थापाको असन्तुष्टि 


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सांसद दुर्लभ थापाले समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन नभएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बिहीबारको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठकमा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले सीमित घराना र उद्योगीहरूलाई फाइदा पुगोस् भन्ने हिसाबले प्रतिस्थापन विधेयक ल्याउनु नहुने बताए। समितिले निर्देशन दिँदै जाने सरकारले हामीलाई नटेर्ने हो भने समितिमा भएको छलफलको औचित्य नहुने जिकिर गरे।

Tags :
प्रतिक्रिया दिनुहोस