हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न संसदीय समितिको निर्देशन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न संसदीय समितिको निर्देशन


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार-हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न निर्देशन दिएको छ ।

बिहीबार समिति बैठकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी भएको छलफलप्रश्चात् समितिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई उक्त निर्देशन दिएको हो ।

सभापति रामहरि खतिवडाले समिति बैठकमा बोल्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउन हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न आग्रह गरेका छन् । उनले विभागले प्रमाणहरूलाई राम्रोसँग अध्ययन गरेर कोही पनि मानिसहरू विभागको कामलाई हेरेर आतंकित हुने वातावरण नबन्ने गरी मुद्दा अघि बढाउनुपर्नेमा जोड दिए ।

सभापति खतिवडाले नेपालमा उद्योगी व्यापारीलगायत अन्य मानिसहरू आंतकित हुने वातावरण राजस्व अनुसन्धानले र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गर्नु नहुने बताए । उनले राजस्व अनुसन्धान र सम्पत्ति शुद्धीकरण सम्बन्धितले कसैको छविमा पछिसम्म असर पर्ने काममा हात नहाल्न आग्रह गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस