१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

१४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ 


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले कैलालीबाट एक जनालाई पक्राउ गरेको छ । 

जिल्लाको टीकापुर नगरपालिका-१ शक्तिनगर शिबिर बस्ने ६० वर्षीय आशाराम चौधरीलाई बलात्कार आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

चौधरीले ती बालिकालाई ललाई फकाई सोही ठाउँस्थित कैलाशेश्वर सामुदायिक वनभित्र लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाटखटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस