संसद् र संसदीय समिति पेपरलेस बनाउन माग « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

संसद् र संसदीय समिति पेपरलेस बनाउन माग


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले संसद् र संसदीय समिति पेपरलेसमा जानुपर्ने बताएका छन्। बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पेपरलेसमा जानुपर्ने आवश्यकता भइसकेको बताएका हुन्।

उनले सांसदहरूको भूमिका संसद्प्रति जिम्मेवार र जबाफदेही हुनुपर्ने बताए। कागजका पाना बोकेर हामी हिँड्नु उचित नहुने उनको भनाइ छ। उनले संसद् र समितिले सूचना प्रविधिको प्रयोगलाई बढी भन्दा बढी प्रयोग गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘सांसदहरूको भूमिका संसद्प्रति जिम्मेवार र जबाफदेही बनाउनुपर्छ। संसदीय निगरानीका दृष्टिले प्रत्यक्ष स्थानीय तहमा दर्जनौँ पटक पुगेका छौँ। सभा समितिहरू अब अलिकति स्मार्ट हुन आवश्यक छ। पेपरलेस हुन जरुरी छ। कागजका पाना बोकेर हामी हिँड्नु हुँदैन अब। सूचना प्रविधिको प्रयोगलाई बढी भन्दा बढी प्रयोग गर्न आवश्यक छ। सचिवालयलाई पेपरलेस नै बनाउनतिर जानुपर्छ भन्ने सुझाव दिन्छु। दुई कोठा कागजपत्र भइसक्यो कहाँ लैजाने भन्ने चिन्ता छ। पेपरलेसमा हामी अब जानुपर्छ।’

Tags :
प्रतिक्रिया दिनुहोस