देउवाले छलफलका लागि उपसभापति र महामन्त्रीलाई बोलाए « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

देउवाले छलफलका लागि उपसभापति र महामन्त्रीलाई बोलाए


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले छलफलका लागि उपसभापति र महामन्त्रीलाई बोलाएका छन् ।

देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने गरी उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका हुन् । बैठक बिहीबार दिउँसो ३ बजेका लागि डाकिएको छ ।

सभापति देउवा निकट एक शीर्ष तहका नेताका अनुसार राष्ट्रिय सभा अध्यक्ष, केन्द्रीय समितिको बैठक आव्हान लगायतमा छलफल गर्न नेताहरूलाई बोलाइएको हो ।

सत्ता गठबन्धनमा राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रले उम्मेदवार बनाउने निर्णय गरेको छ । काँग्रेसका नेताहरूले कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी उम्मेदवार बनाइएको दाबी गरेका छन् ।

देउवाले बोलाएको छलफलमा केन्द्रीय समिति बैठक बोलाउने मितिका बारेमा पनि कुरा हुने भएको छ । ७ देखि १० फागनुसम्म बसेको महासमिति बैठकले प्रतिवेदनहरू केन्द्रीय समितिबाट परिमार्जन सहित पारित हुने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस